citizens life insurance long ad

अच्यूतमणि नेउपानेलाई सचिवमा बढुवा

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि नेउपाने सचिवमा बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको न्याय परिषद्को बैठकले बढुवाका र पदस्थापनको सिफारिस गरेको हो।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदस्थापन गर्न सिफारिस गरेको छ।

अब मन्त्रि परिषद् बैठकबाट निर्णय भएसँगै उनको बढुवा तथा पदस्थापन हुनेछ। उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापनको सिफारिस गरेसँगै त्यहाँ कार्यरत सचिव ध्रुवकुमार चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमान सरुवा गर्न पनि सिफारिस गरिएको छ।

IME Lifesidebar
kumari