citizens life insurance long ad

एनएलजी इन्स्योरेन्सको सीईओमा सुनील बल्लभ पन्त पुनः नियुक्त

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनील बल्लभ पन्त पुनः नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको ४२१औँ बैठकले पन्तलाई थप चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठक १६ असोज २०८३ अर्थात् अक्टोबर २, २०२६ मा बसेको थियो।

पन्तको हालको कार्यकाल २३ असोज २०८३ अर्थात् अक्टोबर ९, २०२६ मा पूरा हुँदैछ। पुनः नियुक्तिसँगै उनको नयाँ कार्यकाल २४ असोज २०८३ अर्थात् अक्टोबर १०, २०२६ देखि सुरु भई २३ असोज २०८७ अर्थात् अक्टोबर ९, २०३० सम्म रहनेछ।

कम्पनीले पुनः नियुक्तिसम्बन्धी निर्णय नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ।

IME Lifesidebar
kumari