बेनेलीको दसैं अफर: एक्सचेन्जमा ४० हजार बोनस, सहज फाइनान्सिङ
काठमाडौं । बेनेली नेपालले दसैंलाई लक्षित गर्दै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले नयाँ मोटरसाइकल तथा स्कुटर खरिदलाई सहज बनाउने उद्देश्यले ४० हजार रूपैयाँसम्मको एक्सचेन्ज बोनससहित फाइनान्सिङ सुविधा ल्याएको हो।
अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरसँग बेनेलीको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ४० हजार रूपैयाँसम्मको बोनस प्राप्त गर्न सक्नेछन्। पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई दसैंको अवसरमा थप मूल्य लाभ उपलब्ध गराउने कम्पनीले जनाएको छ।
त्यस्तै, ग्राहकको खरिद प्रक्रियालाई सहज बनाउन कम्पनीले फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। यस सुविधा मार्फत ग्राहकले आफ्नो बजेटअनुसार किस्ताबन्दीमा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्।
दसैं अफरअन्तर्गत ग्राहकले बेनेली पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रूपैयाँमा खरिद गर्न सक्नेछन्।त्यस्तै, बेनेली १८०एस मोटरसाइकलको मूल्य ३ लाख ८४ हजार ९०० रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार दसैंको अवसरमा ल्याइएको यो योजनाले पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई थप मूल्य लाभ र खरिदमा सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ।





















