citizens life insurance long ad

आजबाट जमलमा चेम्बर बजार सञ्चालनमा

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल महिला चेम्बरको आयोजनामा आज असोज १७ गतेदेखि काठमाडौंको जमलस्थित चेम्बर अफ कमर्सको भवनमा चेम्बर बजारु सञ्चालनमा आएको छ।

नेपाल युथ चेम्बरको सहकार्य र सहयोगमा सञ्चालन भएको यस बजारका बिक्रीका लागि खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री लगायत महिला उद्यमीका उत्पादन र आयात–निर्यातजन्य वस्तुहरू बिक्री तथा प्रवर्द्धनका लागि राखिएका छन्। साथै, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको स्टलहरू समेत रहेका छन्।

चेम्बर भवन जमलमा चेम्बर बजार चाडपर्वलाई लक्षित गरी शनिबार र आइतबार लाग्नेछ भने चाडपर्वपश्चात् प्रत्येक शनिबार मेला निरन्तर सञ्चालन हुने नेपाल महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोपेशनको प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताएकी छिन।

चेम्बर बजारमा महिला उद्यमीका उत्पादनसँगै आयात निर्यातजन्य वस्तुसमेत प्रवर्द्धन तथा बजारीकरण गरिने छ । उद्यम गरिरहेका र उद्यम गर्न इच्छुक महिलालाई व्यवसायमा आकर्षित र प्रेरित गर्न व्यवसाय सञ्चालन सम्बन्धि सरकारी प्रक्रिया, व्यवसाय सञ्चालन तथा सीप विकाससम्बन्धी अभिमुखीकरण, भोकेशनल तालिम, महिला स्वास्थ्यसम्बन्धी सचेतना र निःशुल्क स्वास्थ्य परीक्षणका कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन्।

चेम्बर बजार केवल व्यापारिक मेला नभई महिलाको आर्थिक सशक्तीकरण, सिप विकास, बजार पहुँच र व्यावसायिक क्षमता अभिवृद्धिको निरन्तर अभियानका रूपमा अघि बढाइने नेपाल महिला चेम्बर सचिव ईरा प्रसाईंले बताइन् ।

मेला नेपाल युथ चेम्बरसँगको सहकार्यमा सञ्चालनमा आएको छ । महिला उद्यमीलाई आफ्नो उत्पादनको बजार विस्तार गर्न अवसर प्रदान गर्नुका साथै प्रत्येक महिलालाई व्यवसायप्रति प्रेरित र सक्षम बनाउने मुख्य लक्ष्य रहेको नेपाल महिला चेम्बरले जनाएको छ ।

IME Lifesidebar
kumari