citizens life insurance long ad

नेपालमा भोलिदेखि आईफोन १८ प्रो सिरिज सार्वजनिक हुँदै

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसनले नेपालमा आईफोन १८ प्रो सिरिज सार्वजनिक गर्ने भएको छ।

कम्पनीले भोलिदेखि आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स नेपाली बजारमा उपलब्ध गराउने जनाएको हो।

कम्पनीका अनुसार नयाँ सिरिज विशेष अफरसहित सार्वजनिक हुनेछ। अक्टोबर १ देखि १० सम्म आईफोन खरिद गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी गराइनेछ।

लक्की ड्रमार्फत २५ लाख रुपैयाँको ग्रान्ड प्राइज वितरण गरिनेछ भने १८ जना विजेताले एप्पल वाच सिरिज ११ प्राप्त गर्नेछन्।

आईफोन खरिदमा नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पाउनेछन्। क्रेडिट कार्ड नभएका ग्राहकका लागि एमएडब्लू कार्डलेस ईएमआईको व्यवस्था गरिएको छ।

त्यस्तै, पहिलो २०० जना ग्राहकले एनसेलको प्रीपेड सिम प्राप्त गर्नेछन्। उनीहरूले तीन महिनासम्म अनलिमिटेड डेटा र भ्वाइस प्याकसमेत निःशुल्क पाउने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari