citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

निप्पोन फर्मास्युटिकलले आईपीओ ल्याउने

बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । मोरङको विराटनगरस्थित औषधि उत्पादक कम्पनी निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आवश्यक नियामकीय स्वीकृति प्राप्त भएपछि आईपीओ जारी गर्ने जनाएको छ

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई दिएको छ । यस सम्बन्धमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको कम्पनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतापत्रमा निप्पोन फर्मास्युटिकलका तर्फबाट प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

निप्पोन फर्मास्युटिकल मोरङको विराटनगर महानगरपालिका–१२ बखरीमा रहेको औषधि उत्पादन कम्पनी हो । कम्पनी सन् २००६ मा दर्ता भएको र सन् २०१७ मा उद्योग स्थापना गरिएको जनाएको छ ।

कम्पनीले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लुएचओ–जीएमपी) लगायत अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप र पेनिसिलिनलगायत विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।

सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजार विस्तार सुरु गरेको कम्पनीले हाल विभिन्न उपचारात्मक समूहका ६० भन्दा बढी औषधिजन्य उत्पादन बजारमा ल्याइसकेको जनाएको छ ।

‘सबैका लागि सुस्वास्थ्य’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको कम्पनीले स्वदेशमै आवश्यक औषधिको उत्पादन बढाएर स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ ।

IME Life
kumari