नेकपा कार्यदलले बुझायाे प्रतिवेदन
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल “प्रचण्ड” द्वारा साउन ३० गते गठित ६ सदस्यीय कार्यदलले आफ्नाे प्रतिवेदन सर्वसम्मतिले तयार गरि आज भदाै ६ गते साँझ ४:४५ बजे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएकाे छ ।
कार्यदलमा संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरू शंकर पाेखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी ताेकिएकाे थियाे । प्रतिवेदनमा तीन दर्जन सुझाव दिइएकाे छ।
सरकार पुनर्गठन,प्रदेश सरकार पुनर्गठन ,प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारकाे निरन्तरता ,अध्यक्ष प्रचण्डलाई अझ शक्तिशाली अध्यक्ष ,सरकारी राष्ट्रिय निर्णयहरूमा सचिवालयकाे सहमति, महाधिवेशन आयाेजक समिति गठन,पार्टी एकताकाे बाँकी काम सम्पन्न , पार्टीका विभाग र भुगाेलकाे जिम्मेवारी ताेक्ने, पार्टीमा जनताकाे जनवादकाे निरन्तरता जस्ता विषय समेटिएको छ।

























