stcnepal long ad
ime life insurance
national life
global ime bank long

क्रियाशिल सदस्य बढाएर पार्टी कव्जा गर्न खाेजेकाे आराेप

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर काेइरालाले क्रियाशिल सदस्य बढाएर पार्टी कव्जा गर्न खाेजेकाे आराेप लगाउनु भएकाे छ। केही समय पहिले रसुवा जिल्लामा नयाँ शक्ति पार्टीबाट केही कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरे ।
केहीले यसलाई पार्टी समायोजन भने तर वास्तवमा त्यस्तो थिएन जसको पुष्टि समायोजन भयो भनेर भनिएको उक्त पार्टीको जिल्ला संरचना अझै कायम भएकोबाट हुन्छ ।
पार्टीको बिधान र नियमावली अनुसार जिल्लामा पार्टी समायोजनको काम सम्पन्न भईसकेपछि फेरी केन्द्रीय कार्यालयले जिल्ला तह देखि वार्ड तहमा नयाँ शक्तिबाट आएका व्यक्तिहरुको नाम र पद तोकेर नयाँ पत्र पठायो । केन्द्रिय कार्यलयले बिधानको कुन धारामा टेकेर यो पत्र पठायो ? पार्टीको नेतृत्व बिधी, बिधान र पद्धतिलाई कुल्चदै पार्टी कब्जा गर्ने मनस्थितीले अगाडि बढ्दैछ ।
अहिले रसुवामा कांग्रेस पार्टीको अस्तित्व नै समाप्त हुने गरी नेपाली कांग्रेसको साविकमा कायम रहेको संख्या भन्दा बढी सदस्य अर्को पार्टीबाट आएको भनी क्रियाशील सदस्य बितरण गर्न खोजिदैछ।
धेरै जिल्लामा समायोजन अझै बाँकी छ र अन्य जिल्लामा पनि यस्ता कार्य दोहोरीन सक्छ। यसमा सबै साथीहरूलाई चनाखो रहँदै यस्ता गलत क्रियाकलाप तुरुन्त रोक्न डा.काेइरालाले गर्नु भएकाे छ।
IME Lifesidebar
kumari