नेपाल मार्ट व्यवसायी संघको अधिवेशन सम्पन्न

अध्यक्षमा भूपेन्द्र विष्ट चयन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल मार्ट व्यवसायी संघको ‘प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन’ काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले संघको नयाँ केन्द्रीय कार्य समिति निर्विरोध निर्वाचित गरेको हो।

नयाँ केन्द्रीय कार्य समितिको अध्यक्षमा भूपेन्द्र विष्ट चयन भएका छन्। त्यस्तै, संघको उपाध्यक्षमा श्रीकृष्ण न्यौपाने, महासचिवमा शैलेश अमात्य, कोषाध्यक्षमा शंकर कुमार ओली र सचिवमा नर बहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी, संघको कार्य समिति सदस्यहरूमा रचना श्रेष्ठ, बम प्रसाद राई, राजकुमार गुरुवाचार्य, यम बहादुर विष्ट र सागर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, संघको कार्य समितिमा मनोनीत सदस्यका रूपमा माया शर्मा सुवेदी, रिया श्रेष्ठ र मञ्जु रिजाल रहेका छन्।

मार्ट व्यवसायमा संलग्न व्यवसायीहरूलाई संगठित गर्दै व्यवसायसँग सम्बन्धित साझा विषयमा सहकार्य, समन्वय तथा संस्थागत पहल गर्ने उद्देश्यले नेपाल मार्ट व्यवसायी संघ स्थापना भएको जनाइएको छ।

संघको पहिलो वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै व्यवसायीहरूको हकहित र व्यवसाय प्रवर्द्धनका क्षेत्रमा संस्थागत रूपमा अघि बढ्ने आधार तयार गरेको छ।

अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले मार्ट व्यवसायीहरूका साझा समस्या तथा चुनौती पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्दै व्यवसायको विकास र प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

IME Lifesidebar
kumari