चितवनमा थप एकजना कोरोना संक्रमित वृद्धको ज्यान गयो
चितवन । चितवनमा थप एकजना कोरोना संक्रमित ७५ वर्षीया वृद्धको ज्यान गएको छ । पुरानो मेडिकल कलेज, भरतपुरमा उपचारको क्रममा उनको बिहीबार राति नै ज्यान गएको हो ।
भदौ ३ गते निमोनिया भएर हेटौँडाबाट उपचारका लागि भरतपुर आएका ७५ वर्षीय वृद्धको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको भए पनि रिपोर्ट भने शनिबार बिहान मात्रै आएको हो । उपचारका लागि आएका ती वृद्धको स्वाब परीक्षण चितवन मेडिकल कलेजमा गरिएको थियो ।
चितवन मेडिकल कलेजको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुनः भरतपुर कोभिड ल्याबमा भेरिफिकेसन गर्दा पनि पोजेटिभ नै देखिएपछि मात्रै उनमा कोरोना भएको पुष्टि गरिएको हो ।
अहिले उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको शङख्या ५ पुगेको छ । जसमध्ये १ जना कैलालीका र १ हेटौँडाका हुन् ।

























