stcnepal long ad
global ime bank long

एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थापक शेयरधनी कमल सिं भाटको नाममा रहेको २४ हजार १५५ कित्ता संस्थापक शेयर बिक्रीमा राखको छ।

शेयर खरिद–बिक्रीमा बैंकका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले बैंकले इच्छुक संस्थापक शेयरधनीका लागि सूचना जारी गरेको हो।

इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन प्राप्त भएमा खरिदकर्ता र बिक्रीकर्ताबीचको आपसी सहमतिमा शेयर खरिद–बिक्री गरिने बैंकले जनाएको छ।

उक्त अवधिमा कुनै निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

IME Lifesidebar
kumari