stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्दै 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्दै क्रमशः ६० प्रतिशत र ४० प्रतिशत कायम गर्ने निर्णय गरेको हो।

यो परिवर्तन नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम गरिने कम्पनीले स्पष्ट पारेको छ।

हाल कम्पनीमा संस्थापक समूहको ७० र सर्वसाधारण ३० प्रतिशत शेयर स्वामित्व रहेको छ। शेयर स्वामित्व परिवर्तन गर्न कम्पनीले १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्नेछ।

नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभामा शेयर स्वामित्व परिवर्तनको प्रस्ताव लैजाने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari