शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश गरेको छ। बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा बोनस शेयर ६ प्रतिशत र नगद लाभांश १० प्रतिशत (करसहित) रहेका छन्।
हाल बैंकको चुक्तापुँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९.९३ रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।























