बजारमा आज शुक्रबार सुनको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ५०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज १० ग्राम सुनको मूल्य दुई लाख ६३ हजार ५४५ रुपैयाँ कायम भएको हो । यता, चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७६५ रुपैयाँ कायम भएको छ ।























