stcnepal long ad
global ime bank long

लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख ५१ हजार ५८५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

IME Lifesidebar
kumari