stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु १ करोड ५१ लाख सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्राकृतिक विपदबाट पीडित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच सिटिजन लाइफका अध्यक्ष प्रदिपजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल लगायतको टोलीले उक्त रकमबराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

कम्पनीले हालै गएको बाढी, पहिरो तथा विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहत कार्यमा सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहयोग गरेको जनाएको छ।

विपद्को यस घडीमा कर्पोरेट सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिँदै राष्ट्रियस्तरको विपद् व्यवस्थापनमा हातेमालो गरिएको कम्पनीले जनाएको छ। यस किसिमको सहयोगबाट पीडित परिवारलाई राहत वितरण तथा पुनस्र्थापनाको काममा थप टेवा पुग्ने विश्वास लिइएको छ।

IME Lifesidebar
kumari