अख्तियारकाे प्रमुख प्रचण्डको भागमा !
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीका बीच अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे पदाधिकारीमा भागबण्डा सहितको पदपुर्ती गर्नका लागि सहमति भएको समाचारहरू आई रहेको वेलामा नेकपा भित्र पार्टी एकता भएपछि भने त्याे भाग प्रचण्डले खाेस्ने भएका छन् ।
यद्यपि यसको पुष्टी भएको छैन। राष्ट्रिय याेजना आयाेगमा पुर्व एमालेका पुष्प कडेल, पुन:निर्माण प्राधिकरणमा सुशील ज्ञवाली,नेपाल राष्ट्र बैंककाे गभर्नर महाप्रसाद अधिकारी र लगानी वाेर्ड नेपालकाे कार्यकारी निर्देशक सुशील भट्ट नियुक्त गरेकाले अख्तियारकाे प्रमुख आफ्नो भागमा पारेर प्रचण्डले क्यान्टोनमेन्टमा भएकाे सात अर्व घाेटला सामसुम पार्ने यस आराेपवाट सफाइ पाएर चाेखिन अख्तियारकाे प्रमुख आयुक्त पद मागेर ओलीसग सम्झाैता गरेकाे नेकपा भित्र व्यापक चर्चा चलेकाे छ ।
यस अघिको नियुक्तिहरू उपर बिचार गर्दा यसमा अपत्यार गर्ने कारण छैन । यसरी नियुक्ति गरिने हो भने नेपाली काँग्रेसले सुधारको यौटा राम्रो अवसर गुमाउने छ। नेकाले मुलुकका संवैधानिक निकायहरूमा अपेक्षित सन्तुलित,
निष्पक्ष र न्यायिक नियुक्तिको संभावनालाई पन्छाएको मानिने छ।
वास्तवमा यस्ता महत्वपूर्ण सवालमा यौटा दीर्घकालिक थिती बसाल्न नेकांको ठूलो भुमिका हुन सक्थ्यो। स्वयं नेकांसँग आज पर्यन्तको शिक्षा छ कि, यस्ता नियुक्तिबाट न त नेकां आफ्नो हितको प्रतिरक्षा नै गर्न सकेको छ, न त अख्तियारको दुरूपयोगलाई नै रोक्न ।
बिर्सनु हुन्न कि अख्तियार प्रमुखमा नेकां सरकारले नै सूर्यनाथ उपाध्यायलाई नियुक्त गरेको थियो । भर्खरै बिजय कुमार गच्छदार उपर मुद्दा दर्ता गरिंदा अख्तियारमा नेकांद्वारा सिफारिस गरिएका आयुक्त रहेकै थिए। यी सबका बावजूद अहिले नेकांले तेही व्यक्तिको नाम सारेको छ, जसको बारेमा ठूलो बिवाद भएको थियो ।
यसरी प्रहरीकाे आईजीपी देखि अख्तियार सम्ममा यौटे व्यक्तिलाई राख्न खोज्नुले प्रश्न बनाउँछ कि नेका सभापतिका लागि व्यक्ति लगाव के सीमाहीन छ त ? आज मुलुकमा राष्ट्रपति,न्यायालय, निर्वाचनआयोग,अख्तियार र सबै संवैधानिक निकायको गरिमा ध्वस्त भएको छ ।
अदालत त सर्वाधिक विवादमा छ।
यो अवस्था भनेको प्रजातन्त्रका स्थिर खम्बाहरू भत्किनु हो र यी भत्किनु भनेको नेकांले मुलुकलाई दिएको सर्वाधिक अमूल्य निधिको बिनाश हुनु हो। यस्तो अवस्थामा नेकांले मुलुकमा संवैधानिक नियुक्तिहरूको सवालमा यौटा थिती बसाल्नुको साटो कुनै एक व्यक्तिको तुष्टिकरणका लागि प्रतिपक्षी भुमिकाको दुरूपयोग गर्नु भनेको “कुद्दै गरेको जोगीको लंगोटी नै किन न होस् समाउ” को बाटो अपनाउनु हुनेछ ।
यो काँग्रेसको बाटो हैन। यसर्थ, फेरी पनि काँग्रेसलाई मौका छ, देउवाको प्रयत्न,अदालतदेखि अख्तियार सम्ममा सन्तुलित,निष्पक्ष र न्यायिक नियुक्तिको संभावनालाई खोज्नु हो। यसका लागि मुलुकमै एक दरो जनमत तयार गरी सरकार स्वयंलाई लिकमा ल्याउन नेकाले बाध्य पार्न सक्छ। यसको विपरित नेकां प्रधानमन्त्री ओलीकाे मतियार हुन किन चाहेको हो,बुझ्न सकिएकाे छैन ?























