नाडा अटो शोमा प्रभु बैंकको आकर्षक योजना, ०.५० प्रतिशत प्रिमियममै अटो लोन
काठमाडौं ।प्रभु बैंकले नाडा अटो शोलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूको सपनाको कार चढ्ने इच्छालाई साकार पार्ने उद्देश्यले अत्यन्तै न्यून ब्याजदरमा कर्जा सुविधा ल्याएको जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकले वार्षिक मात्र ०.५० प्रतिशत प्रिमियम दरमा अटो लोन प्राप्त गर्न सक्नेछन् ।
योजनामा न्यून ब्याजदर मात्र ०.५० प्रतिशत वार्षिक प्रिमियममा कर्जा सुविधा छिटो छरितो, झन्झटमुक्त र सरल कागजी प्रक्रिया र आवेदन दिएको छोटो समयमै कर्जा उपलब्ध गराउने भएको छ ।
अवलोकनकर्ताहरूले प्रभु बैंकको स्टलमा अटो लोन सम्बन्धी विस्तृत जानकारी लिनुका साथै दक्ष कर्मचारीहरूबाट वित्तीय परामर्श समेत प्राप्त गर्न सक्नेछन् । बैंकले सवारी साधन खरिद गर्न चाहनेहरूका लागि यो सुनौलो अवसर भएको बताएको छ ।





















