सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने ३९ करोड ३० लाख ५९ हजार ८४२.६९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ४ प्रतिशतले हुन आउने १४ करोड ९३ लाख ६२ हजार ७४०.२२ रुपैयाँबराबरको बोनस शेयर र ६.५२६३ प्रतिशतले हुन आउने २४ करोड ३६ लाख ९७ हजार १०२.४७ रुपैयाँ बराबरको नगद लाभांश (नगद र बोनसमा लाग्ने करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।





















