citizens life insurance long ad

आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा ५८ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

साे वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ५८ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले ५८ करोड ३३ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ०.१६ प्रतिशतले बृद्वि गरेको छ। देशकाे समग्र अर्थतन्त्रमा संकुचन आउदा पनि नाफा बढाउनु कम्पनीको सकारात्मक पक्ष हाे।

समीक्षा वर्षमा कम्पनीको शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७१ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटीमा २२ करोड ४६ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्षकाे असार मसान्तसम्म शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड २८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७१ करोड ९७ लाख रुपैयाँ र अन्य इक्विटीमा २३ करोड २६ लाख रुपैयाँ रहेकाे थियो।

यी वित्तीय सुचकांकहरूमा गत आर्थिक वर्षमा थप सुधार भएकाे छ। गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको जीवन बीमा कोषमा १८ अर्ब २७ करोड ४२ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमा कोषमा १३ अर्ब १० करोड ९० लाख रुपैयाँ थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार ३९.४० प्रतिशतले बढेको छ। समीक्षा वर्षमा कम्पनीले ७ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ६५ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३६.८६ प्रतिशतले बढेको देखिन्छ। कम्पनीले समीक्षा वर्षमा ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३५.८२ प्रतिशतले बढेको पाइएकाे छ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकाे शेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बृद्वि भएर ११.६८ रुपैयाँ कायम भएको छ।

अघिल्लो वर्ष ईपीएस ११.६७ रुपैयाँ थियो। पीई रेसियो ३४.९२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.६६ रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari