citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

सन नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ४१ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २२.८४ प्रतिशतले घटेको छ।

समीक्षा वर्षमा कम्पनीको शेयर प्रिमियममा १ अर्ब ३० करोड १० लाख रुपैयाँ, महाविपत्ति कोषमा २४ करोड ८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३६ करोड ८४ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ४६ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष शेयर प्रिमियममा १ अर्ब २४ करोड ५६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २० करोड ४६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ५ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३० करोड ४९ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ९० करोड ३६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा १० अर्ब १० करोड ४७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २७.७० प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले ५ अर्ब ९ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.२७ प्रतिशतले बढेको छ।

कम्पनीले गत वर्षमा ४ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १३.१४ प्रतिशतले बढेको छ।

शेयरपुँजी ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ७.९२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ११.२२ रुपैयाँ थियो। पीई रेसियो ५३.२७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४२.८८ रुपैयाँ रहेको छ।

IME Life
kumari