citizens life insurance long ad
stcnepal long ad

नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिबीच अन्तरक्रिया

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । आज साउन १३ गते नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरूबीच बोर्डमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्ट लगायत बोर्डका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बोर्ड अध्यक्षले नेपाल सरकारले बजेट वक्तव्यमा गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन कानूनी व्यवस्थामा सुधार गर्ने कार्यक्रम तय गरे बमोजिम बोर्डको आर्थिक वर्ष २०८३/८४ मा पूँजी बजार नीतिमा समेत कार्यक्रम समाविष्ट गरी आवश्यक कार्य अगाडि बढाउने सन्दर्भमा छलफलको शुरूवात भएको विचार व्यक्त गरेका छन ।

त्यस्तै गैर आवासीय नेपालीहरूले समुन्नत मुलुकहरूबाट सिकेको सीप, ज्ञान र पूँजी नेपालको पूर्वाधार विकासमा जोडने गरी व्यवस्था गर्न बोर्ड आवश्यक सहजीकरणका लागि तयार रहेको धारणा राखेका छन ।

छलफलका क्रममा गैर आवासीय नेपालीका प्रतिनिधिहरूले नेपाल सरकार तथा बोर्डबाट भएको पहलबाट नेपालको धितोपत्र बजारमा गैर आवासीय नेपालीले लगानी गर्न सक्ने वातावरण निर्माण हुँदै गएको धारणा राखेका थिए।

सो क्रममा गैर आवासीय नेपालीका प्रतिनिधिहरूले नेपाल सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले सार्वजनिक निष्काशन मार्फत गैर आवासीय नेपाली तथा विदेशमा रहेका नेपालीलाई साधारण शेयर जारी गरी रकम संकलन गर्ने र सो रकम नेपालको भौतिक पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको बताएका छन।

साथै, उक्त कम्पनीले भविष्यमा परियोजना विशेषका लागि ऋणपत्र ९बण्ड तथा डिबेन्चर० मार्फत रकम संकलन गरी लगानी गर्ने योजना समेत रहेको बताउँदै आवश्यक कानूनी सुधारका लागि सहजीकरण गरिदिन बोर्ड समक्ष अनुरोध गर्नु भएको थियो।

IME Life
kumari