stcnepal long ad
ime life insurance
national life
global ime bank long

विद्युतीय प्रणालीबाट सेवा दिन निर्देशन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । पछिल्लो समय कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा पुँजी बजारमा विद्युतीय कारोबारलाई प्राथमिकता दिन नियामक निकायहरुले निर्देशन दिएका छन् ।
नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरु तथा मर्चेन्ट बैंकरहरुलाई अनलाइन माध्यमबाट सेवा दिन निर्देशन दिएका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम शाखा खोली न्यूनतम कर्मचारीबाट आधारभूत वित्तीय सेवा प्रदान गर्न, निश्चित समयको लागि आलोपालो मिलाई आधारभूत बैकिङ कारोबार गर्न निर्देशन दिंदै राष्ट्र बैंकले डिजिटल बैङ्किङलाई बढी प्राथामिकता दिन आग्रह गरेको छ ।

एटीएम मेसिनहरुमा पर्याप्त नगद राख्ने र सो को निगरानी गर्न पनि राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । निषेधाज्ञाको बेलामा अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट प्रतीतपत्र, ग्यारेन्टी जस्ता सञ्चालन गर्न निर्देशन दिंदै राष्ट्र बैंकले खुल्ने शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर वेबसाइटमा राख्न भनेको छ ।

त्यस्तै, धितोपत्र बोर्डले जोखिम कम गर्न सरकारको निर्णय अनुसार मर्चेन्ट बैंकरको रुपमा काम गर्दै आएका सबैलाई अनलाइनबाट सेवा दिन निर्देशन दिएको छ । हाल ग्राहकलाई प्रदान गर्दै आएको सेवाहरु सम्भव भएसम्म अनलाइन, भर्चुअल तथा विद्युतीय माध्यमबाट मात्र सेवा प्रदान गर्न व्यवस्था मिलाउन बोर्डको निर्देशन छ ।
भौतिक रुपमा नै उपस्थित भई अत्यावश्यक सेवा लिनुपर्ने अवस्थामा ग्राहकहरुले सम्बन्धित कम्पनीको फोन नम्बर, इमेल वेबसाइट वा अन्य विद्युतीय माध्यमबाट सम्पर्क गर्न बोर्डको आग्रह छ ।

एक दिन बिराएर बैङ्किङ सेवा
यसैबीच काभ्रे समाचारदाताका अनुसार काभ्रेपलान्चोक जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै जिल्लामा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाले एक दिन बिराएर सेवा दिन थालेका छन् ।
जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बुधबारबाट अर्कोको सूचना जारी नभएसम्मका लागि एक दिन बिराएर सेवा दिने आग्रह गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले वित्तीय संस्थामा भीडभाड बढी हुने र त्यसबाट सङ्क्रमण बढ्ने भएकाले बुधबारबाट सेवा प्रवाहमा एक दिन बिराएर व्यवस्था मिलाउन आग्रह गरिएको बताउनुभयो । वित्तीय संस्थाले आइतबार, मङ्गलबार र बिहीबार सेवा दिने भएका छन् ।आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari