stcnepal long ad
ime life insurance
national life
global ime bank long

विद्युत् आयातनिर्यात क्षमता बढाइयो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौँ । नेपाल–भारत विद्युत् व्यापारको प्राविधिक क्षमता उपयोग विस्तार गरिएको छ । पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय निर्देशक समितिको १३ औँ बैठकले विद्युत् व्यापार प्रवर्धन गर्ने गरी भइरहेका प्रसारण लाइनको उच्चतम क्षमता प्रयोग गर्ने, नयाँ प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पङ्कज अग्रवालको सहअध्यक्षतामा बुधबार सम्पन्न बैठकले प्रसारण पूर्वाधार केन्द्रित पाँच मुख्य सहमति गरेको छ ।

यसअघि ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र भारतीय समकक्षी पङ्कज कुमारको सहअध्यक्षतामा मङ्गलबार सम्पन्न संयुक्त कार्यदलको बैठकले गरेको सिफारिसका आधारमा यस्तो सहमति गरिएको हो ।

  • ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामडी प्रसारण लाइनबाट संयुक्त रूपमा एक हजार ६५० मेगावाट विद्युत् निर्यात गर्न सकिने
  • मोतीहारी–निजगढ चार सय केभी र चमेलिया–जैलजिबी २२० केभी अन्तरदेशीय प्रसारण लाइनको डिपिआर स्वीकृत
  • ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा एचटिएलएस कन्डक्टर प्रयोग गरी क्षमता बढाइने
  • लखनउ–कोहलपुररलमही चार सय केभी प्रसारण लाइन निर्माणका लागि थप प्राविधिक अध्ययन गर्ने

बैठकले हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट मात्र आयात निर्यात हुने गरेकामा ढल्केबर–सीतामढी चार सय केभी प्रसारण लाइनलाई समेत समेटेर आयात एक हजार चार सय र निर्यात एक हजार ६५० मेगावाट पु¥याउने सहमति गरिएको छ । हाल ढल्केबर–मुजफ्फरपुरबाट आयात एक हजार मेगावाट र निर्यात एक हजार एक सय मेगावाटसम्म आयात गर्न सकिने प्रावधान थियो ।

यस अनुसार अब नेपालले तत्काल थप ५५० मेगावाट विद्युत् निर्यात गर्ने अवसर पाएको छ । यो प्रसारण लाइनको प्राविधिक क्षमता विस्तारका लागि एचटिएलएस कन्डक्टर प्रयोग गर्ने कार्यको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरेको छ ।

बैठकले विद्युत् व्यापार प्रवर्धन गर्ने चमेलिया (नेपाल)–जैलजिबी (भारत) २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन पनि स्वीकृत गरेको छ । यो प्रसारण लाइन सन् २०२८ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल र भारतबिच चार सय केभी क्षमताको न्यु इनरुवा–पूर्णिया र दोदोधरा (न्यु लम्की)–बरेली चार सय केभी प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने कार्यलाई तीव्रता दिने सहमति भएको छ ।

यो प्रसारण लाइनका लागि नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डियाबिच सेयरधनी सम्झौता र संयुक्त उपक्रम कम्पनी निर्माणको सम्झौता भइसकेको थियो ।

बैठकले मोतीहारी–निजगढ चार सय केभी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरेको छ । लखनउ–कोहलपुर/लमही प्रसारण लाइन निर्माणका लागि थप प्राविधिक अध्ययन गर्नेमा पनि बैठकमा सहमति जुटेको छ ।

न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन उपयोग गरी सुरुमा १३० मेगावाट आयात र दुई सय मेगावाटसम्म निर्यात गर्न सक्ने गरी निर्माण अगाडि बढाउने सहमति भएको छ ।

यो प्रसारण लाइनको नेपाल खण्ड आगामी अगस्टसम्म सम्पन्न हुने तर न्यु बुटवल सबस्टेसन सन् २०२७ डिसेम्बरमा मात्र तयार हुने भएकाले यो प्रसारण लाइन तयार हुनासाथ २२० केभीमा सञ्चालनमा ल्याई प्रयोगमा ल्याइने छ ।

IME Lifesidebar
kumari