stcnepal long ad
ime life insurance
global ime bank long

साग स्वर्ण पदक विजेतालाई एन्फाले जनही ५ लाख दिने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं, माघ २६ घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता यू २३ फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ दिने भएको छ ।
एन्फाको नौ महिनापछि आइतबार बसेको बैठकले सागको रजत पदक विजेता महिला टोलीका सदस्यलाई भने जनही १ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
गत मंसिर १५ देखि २४ गते सम्म आयोजना भएको १३ औं सागमा नेपालले भुटानलाई हराउँदै स्वर्ण पदक जितेको थियो । महिलातर्फ भने नेपाली टोली भारतसँग पराजित भएको थियो । सरकारले भने स्वर्ण पदक जित्ने फुटबल टोलीका सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने यस अघि नै घोषणा गरिसकेको छ ।
एन्फाले सहिद स्मारक बी र सी डिभजिन लिगको लागि तयारी र पुरस्कार राशीको पनि तय गरेको छ । बी डिभिजन टोलीलाई लिगको तयारीका लागि हरेक क्लबलाई १० लाख रुपैयाँ दिने निर्णय एन्फाले गरेको छ । बी डिभिजनको विजेतालाई १५ लाख, दोस्रोलाई ८, तेस्रोलाई ५ तथा चौथोलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले छ ।

prabhu mahalaxmi
kumari