stcnepal long ad
global ime bank long

अर्किड इन्टरनेशनल कलेजद्वारा राष्ट्रिय आवासीय अर्किड ह्याकएक्स २०२६ ह्याकाथन सम्पन्न 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।अर्किड इन्टरनेशनल कलेजद्वारा आयोजित ४८ घण्टे राष्ट्रिय आवासीय Orchid HackX २०२६ Hackathon सफलतापूर्वक सम्पन्न भएको छ। असार २६ देखि २८ गतेसम्म कलेज परिसरमा सञ्चालन भएको प्रतियोगितामा नेपालभरका विभिन्न शैक्षिक संस्थाबाट आएका २० टोलीले सहभागिता जनाएका थिए।

प्रतियोगितामा Open Innovation, Cyber Security तथा Artificial Intelligence/Machine Learning (AI/ML) सम्बन्धी नवीन समाधान प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

ह्याकाथनले विद्यार्थीलाई आफ्नो प्राविधिक सीप, सिर्जनशीलता तथा समस्या समाधान क्षमताको प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो। ४८ घण्टासम्म निरन्तर सञ्चालन भएको प्रतियोगितामा सहभागी टोलीहरूले वास्तविक समस्यामा आधारित प्रविधिमैत्री समाधान विकास गरेका थिए।

अनुभवी निर्णायक मण्डलले नवप्रवर्तन, प्राविधिक उत्कृष्टता, प्रभावकारिता तथा प्रस्तुतीकरणका आधारमा उत्कृष्ट टोली छनोट गरेको थियो। प्रतियोगिताको समग्र विजेता Team Logic Bomb घोषित भएको छ। उक्त टोलीका सदस्यहरू सुजन श्रेष्ठ, विशाल चौँथरी र सुरजत कार्की रहेका छन्।

त्यसैगरी Cyber Security Track Winner उपाधि Team Secured Bytes ले जितेको छ। यस टोलीमा शुभम पौडेल, प्रफुल्ल भट्ट, सुमन पाण्डेय र निरज कुमार रामेल सहभागी थिए। Open Innovation Track Winner उपाधि Team Valhalla ले जितेको छ, जसका सदस्यहरू संकेत श्रेष्ठ, प्रशान्त अधिकारी र सभुज प्रजापति रहेका छन्।

प्रतियोगितामा Best Presentation Award भने Team Profit.exe लाई प्रदान गरिएको छ। उक्त टोलीमा मनी दास श्रेष्ठ, विदेश सिंह, दिपा खनाल र साजन सहिकर्मी सहभागी थिए।

विजेता टोलीहरूले कुल रु. १ लाख १५ हजार नगद पुरस्कारसहित विभिन्न उपाधि प्राप्त गरेका छन्। आयोजकका अनुसार यस्ता प्रविधिमूलक कार्यक्रममार्फत विद्यार्थीमा नवप्रवर्तन, उद्यमशीलता, समस्या समाधान क्षमता तथा सहकार्यको संस्कृतिको विकास गर्दै नेपालको सूचना प्रविधि क्षेत्रको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने लक्ष्य रहेको छ।

IME Lifesidebar
kumari