stcnepal long ad
ime life insurance
national life
global ime bank long

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ प्यासेन्जर ३६०° क्याम्पेन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा । यहाँ मात्र ।’ भन्ने मूल सन्देशसहित नयाँ प्यासेन्जर ३६०° क्याम्पेन सुरु गरेको छ । जुन २०२६ देखि सुरु भएको यो क्याम्पेन सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहनेछ ।

पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र सहज शहरी आवागमनलाई प्रवद्र्धन गर्ने उद्देश्यले क्याम्पेन सञ्चालन गरिएको कम्पनीले जनाएको छ । क्याम्पेनले यात्रुलाई आफ्नो यात्रासम्बन्धी निर्णयमा थप नियन्त्रण प्रदान गर्नुका साथै पारदर्शी र भरपर्दो मोबिलिटी अनुभवप्रति इनड्राइभको प्रतिबद्धतालाई उजागर गर्नेछ ।

ट्राफिक जाम, समयको चाप तथा सार्वजनिक यातायातको अनिश्चितताले दैनिक आवागमन चुनौतीपूर्ण बन्ने काठमाडौंजस्तो व्यस्त सहरमा यात्रुहरूले केवल सवारीसाधन मात्र नभई पारदर्शिता, सहजता र आफ्नो आवश्यकताअनुसार छनोट गर्ने स्वतन्त्रता पनि खोजिरहेका छन् ।

यही आवश्यकतालाई सम्बोधन गर्दै इनड्राइभले यात्रु र चालक दुवैको सहमतिमा भाडा तय हुने यात्रु–केन्द्रित सेवा मोडल सञ्चालन गर्दै आएको छ ।

नेपालमा सेवा विस्तार गरेयता इनड्राइभले यात्रुलाई आफैं भाडा प्रस्ताव गर्न, उपलब्ध चालकका विकल्पहरू हेर्न तथा आफ्नो आवश्यकताअनुसार चालक छनोट गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ । यसले यात्रुलाई यात्रा स्वीकार गर्नुअघि नै भाडादर र चालकसम्बन्धी जानकारीका आधारमा थप सूचित निर्णय लिन सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।

सन् २०२६ को जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने प्यासेन्जर ३६०° क्याम्पेनअन्तर्गत ‘आफ्नै रोजाइको भाडा । यहाँ मात्र ।’ विषयवस्तुमा केन्द्रित डिजिटल भिडियो, सामाजिक सञ्जाल सामग्री, आउट–अफ–होम विज्ञापन, इन्फ्लुएन्सर सहकार्य, इन–एप अनुभव तथा काठमाडौंका विभिन्न स्थानमा प्रत्यक्ष प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।

क्याम्पेनमा बिहान सबेरै काममा निस्कने यात्रुदेखि राति अबेरसम्म आवतजावत गर्ने व्यक्ति, विद्यार्थी, युवा पेसाकर्मी तथा स्वतन्त्र र आत्मविश्वासपूर्वक सहरमा यात्रा गर्न चाहने महिलासम्मका काठमाडौंवासीको दैनिक यात्राका वास्तविक अनुभवलाई समेटिनेछ ।

सहरका प्रत्येक यात्रुको आवश्यकता फरक हुने भएकाले उनीहरूले आफ्नो समय, सुविधा र बजेटअनुसार यात्रा छनोट गर्न पाउनुपर्ने सन्देश क्याम्पेनले प्रवाह गर्नेछ ।

इनड्राइभको सेवा अवधारणा यात्रु र चालक दुवैलाई भाडादर तथा यात्रासम्बन्धी निर्णयमा थप नियन्त्रण र छनोटको अवसर प्रदान गर्ने सिद्धान्तमा आधारित छ । कम्पनीका अनुसार यात्रुले एपमार्फत आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्छन् भने चालकले उक्त प्रस्ताव स्वीकार गर्न, अस्वीकार गर्न वा अर्को भाडा प्रस्ताव गर्न सक्छन्। अन्ततः दुवै पक्षको सहमतिपछि मात्र यात्रा अगाडि बढ्नेछ ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले भनिन्, “काठमाडौं निरन्तर गतिशील सहर हो र यहाँका मानिसहरूले आफ्नो दैनिक आवागमनमा पारदर्शिता, भरपर्दोपना र लचकतालाई विशेष महत्व दिन्छन् ।

विगतका वर्षहरूमा हामीले यात्रुहरूले केवल सहज यात्रा मात्र नभई स्पष्ट भाडादर, थप छनोटको अवसर र आफ्नो यात्रासम्बन्धी निर्णयमा आत्मविश्वास पनि खोज्ने गरेको बुझेका छौँ । ‘आफ्नै रोजाइको भाडा । यहाँ मात्र ।’ क्याम्पेन नेपालका यात्रुलाई त्यही अनुभव प्रदान गर्ने हाम्रो निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो ।”

यस क्याम्पेनमार्फत अनुमानयोग्य तथा पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र दैनिक आवागमनमा सहज पहुँच प्रदान गर्ने प्लेटफर्मका रूपमा इनड्राइभको पहिचानलाई अझ मजबुत बनाउने कम्पनीको विश्वास छ ।

IME Lifesidebar
kumari