citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

सम्पत्ति छानविन आयोगमा १० हजारले मात्र बुझाए विवरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । करिब १० हजार जनाले सम्पत्ति विवरण बुझाएका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी नेतृत्वको सम्पत्ति छानविन आयोगले २५ हजार बढी बहालवाला तथा अवकाशप्राप्त कर्मचारी एवम् राजनीतिक पदाधिकारीलाई सम्पत्ति विवरण पेश गर्ने अनुमान गरे पनि हालसम्म जम्मा १० हजारले मात्र विवरण बुझाएका हुन् ।

आयोगले विवरण बुझाउने म्याद १ महिना थप गरेको छ । सरकारले बैशाख २ गते गठन गरेको आयोगमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश कार्की र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन् ।

आयोगले २०६२/६३ यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति संकलन, प्रमाणिकरण र छानविन गर्ने जिम्मेवारी पाएको छ । तर, आयोगमा विवरण बुझाउनेहरुको संख्या साह्रै कम छ ।

अपेक्षित रुपमा विवरण नआएपछि आयोगले विवरण बुझाउने म्याद १ महिना थप गरेको छ । आयोगमै पुगेर, हुलाक वा अनलाइनमार्फत पनि बुझाउन सकिने आयोगले जनाएको छ ।

 

IME Life
kumari