stcnepal long ad
ime life insurance
global ime bank long

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सम्बन्धीको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

मंगलबार विशेष अदालतमा भएको सुनुवाइपछि न्यायाधीशहरूको संयुक्त इजलासले गौतमलाई अनुसन्धानको बाँकी प्रक्रिया पूरा नहुँदासम्म हिरासतमा राख्ने निर्णय गरेको हो।

अदालतमा दायर मुद्दाअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा करिब ८ करोड ९५ लाख रुपैयाँभन्दा बढी सरकारी रकम अनियमित ढंगले खर्च गरिएको तथा त्यसबाट राज्यलाई आर्थिक क्षति पुगेको आरोप लगाइएको छ।

अनुसन्धान निकायले विमानस्थल निर्माण प्रक्रियामा आर्थिक हिनामिना, प्रक्रिया मिचिएको निर्णय तथा प्राधिकरणको हितविपरीत कार्य भएको दाबी गरेको छ। यही आधारमा अदालतले थप अनुसन्धानका लागि उनलाई थुनामा राख्न आवश्यक देखिएको आदेशमा उल्लेख गरेको छ।

prabhu mahalaxmi
kumari