बुटवल पावर कम्पनीले नाफा कमाए
काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७२ करोड ६८ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ४.९१% ले थोरै हो । अघिल्लो वर्ष बुटवल पावरले ७६ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ०.५३% ले बढेर ६८ करोड ६७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले विद्युत बिक्रीबाट ६८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन नाफा भने ७३ करोड ५० लाख रुपैयाँबाट घटेर ७३ करोड ४५ लाखमा झरेको छ । चुक्ता पुँजी २ अर्ब ६८ करोड ३८ लाख ८२ हजार रुपैयाँ रहेको बुटवल पावरको जगेडा कोषमा ४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ छ ।
एक वर्षको अन्तरालमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २१ पैसाले घटेर २६ रुपैयाँ ९४ पैसामा आएको छ । अघिल्लो वर्ष प्रतिसेयर ३१ रुपैयाँ १५ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ ९६ पैसा रहेको छ ।





















