कांग्रेसको सभापतिमा प्रकाशमान सिंह किन?
काठमाडौ । ०३२ सालमा काठमाडौँ जिल्लाकाे नेविसंघ सभापति हुदै,काठमाडौँ कांग्रेस जिल्ला सदस्य, जिल्ला सचिव, तीन कार्यकाल जिल्ला सभापति हुदै १०औं महाधिवेशनदेखि हालसम्म केन्द्रिय सदस्य निर्वाचित हुँदै आउनु भएकाेछ ।
उहाँ नेकां प्रजातान्त्रिक मा उपसभापति,सुशील काेइराला सभापति हुदाँ निर्वाचित महामन्त्री हुनु भयाे । ०४२ सालको सत्याग्रहदेखि राजा ज्ञानेन्द्र शाहकाे शासन सम्ममा आईपुग्दा दुई बर्ष भन्दा बढी जेल जीवन बिताउनु भएको छ ।
सधैँ पार्टीको सिद्धान्त र विधान अनुसार चल्ने र सम्पूर्ण क्रियाशील सदस्यलाई समान अधिकार र अवसर दिने नेताका रूपमा उहाँको छबि छ। पढाइ अब्बल, युवाहरूको सोच र विचारलाई न्याय गर्न सक्ने उहाँ एक क्रान्तिकारी नेताका रूपमा पनि उहाँ पुरै नेपाल र सम्पूर्ण नेपाली आशा र भरोसा गरेको नेता हुन् ।
उहाँ वंशवाद होइन आफैँ मैदान उत्रिएर आम कार्यकर्ता अझै दुःख र संघर्ष गरेको नेता हुनुहुन्छ। सिंह आगामी १४ औँ महाधिवेशनमा सभापतिमा दावी गर्दै हुनुहुन्छ ,जाे जायज र न्यायिक छ, नेता कार्यकर्ताकाे भावना पनि हाे ।
रामचन्द्र पाैडेल सभापतिमा उठेमा सिंहकाे दावी उपसभापति हाे । उहाँलाई उपसभापति दिन शेर बहादुर देउवा पक्ष पनि तयार देखिएकाे छ तर सिंह देउवातिर जानू हुन्न, पाैडेल पक्षवाटै उपसभापति लडने सम्भावना दरिलाे बन्दै गएकाे छ ।























