stcnepal long ad
global ime bank long

बीवाईडीको नयाँ प्लग–इन हाइब्रिड ह्याचब्याक डल्फिन जी डीएमआई लन्च

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बीवाइडीले युरोपेली बजारलाई लक्षित गर्दै आफ्नो नयाँ प्लग-इन हाइब्रिड ह्याचब्याक बीवाईडी डल्फिन जी डीएम आई लन्च गरेको छ। सो एसयूभीले १ हजार किलोमिटरभन्दा बढी ड्राइभिङ रेन्ज दिने कम्पनीको दाबी छ ।

बीवाइडीले नयाँ डल्फिन जी डीएम आई विशेष रूपमा युरोपेली ग्राहकहरूको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर विकास गरेको हो ।

यसको लम्बाइ ४१६० एमएम छ र सो कम्प्याक्ट ह्याचब्याक युरोपको बी सेगमेन्ट श्रेणीमा पर्नेछ। आकारका हिसाबले सो कार हुन्डाई क्रेटाभन्दा सानो छ । युरोपेली बजारमा यसले फक्सवागन पोलो र टोयोटा यारिसजस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ डल्फिन जी डीएम आईमा कम्पनीको चर्चित ड्युअल मोटर इन्टेलिजेन्ट हाइब्रिड प्रविधि प्रयोग गरिएको छ। सो प्रविधिले चालकलाई विद्युतीय सवारी साधनजस्तै सहज र शान्त ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार फुल चार्ज गरिएको ब्याट्री र भरिएको फ्युल ट्याङ्कको संयोजनमा सो कारले १ हजार किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्छ।

यसमा एट्टो २ डीएम–आईमा प्रयोग गरिएको जस्तै पावरट्रेन हुने अनुमान गरिएको छ। कारमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन, अगाडिको भागमा जडान गरिएको विद्युतीय मोटर तथा बीवाइडीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधि समावेश हुने अनुमान गरिएको छ।

IME Lifesidebar
kumari