citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा रु. ९.६९ अर्ब राख्दै 

ब्याजदर प्रस्ताव गर्न आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ९ अर्ब ६९ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

यसका लागि जेठ २० गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ४८ करोड ४९ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ। यो लगानी सन् २०२६ जुन १८ देखि २०२७ जुन २० सम्म ३६८ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

IME Life
kumari