stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेविसंघको नेतृत्वमा करुणा कटुवाल, महाधिवेशनका लागि ११ बुँदे कार्यादेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष जिम्मेवारी करुणा कटुवाललाई प्रदान गरेको छ। पार्टी सभापति गगन थापाको निर्णयअनुसार नेविसंघको नेतृत्व कटुवाललाई सुम्पिएको जानकारी कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका हुन्।

पार्टीद्वारा जारी सूचनामा नेविसंघको कार्यकाल समाप्त भई स्वतः संगठन विघटन भएको अवस्थामा काँग्रेस विधान २०१७ (संशोधनसहित) को व्यवस्था अनुसार नयाँ नेतृत्व तोकिएको उल्लेख छ। सोही प्रावधान अनुसार कटुवाललाई अध्यक्ष पदको जिम्मेवारी दिइएको हो।

साथै, उनलाई निर्धारित समय सीमाभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने गरी ११ बुँदे कार्यादेशसहित जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ। उक्त कार्यादेशमार्फत संगठन पुनः संरचना र नेतृत्व व्यवस्थापनलाई अघि बढाइने बताइएको छ।

IME Lifesidebar
kumari