राप्रपा महामन्त्री धवलशमशेरद्वारा पार्टीबाट अलग भएको घोषणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीबाट अलग हुनुभएको छ ।
उहाँले नयाँ अभियान सुरु गर्ने घोषणा गर्दै पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो । उहाँले आइतबार एक विज्ञप्तिमार्फत राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गरिएको बताउनुभयो ।
उहाँले उक्त अभियानमा नयाँ पुस्तालाई सहभागी हुन समेत आग्रह गर्नुभएको छ । ‘राप्रपामा आबद्ध साथीलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन ।
होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर हाम्रा मान्यताहरुलाई सही लक्ष्य दिने चाहना हो भने एकजुट भएर अघि सबै राष्ट्रवादी मित्रहरुलाई हार्दिक आह्वान गर्दछु’, जारी विज्ञप्तिमा भनिएको छ ।



























