stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अभिकर्ताको आम्दानीमा लाग्ने कर वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले बीमा अभिकर्ताले पाउने कमिसनमा करको दर बढाएको छ। सरकारले आर्थिक  विधेयक मार्फत बीमा अभिकर्ताले  पाउने सेवाशुल्क  तथा  कमिसनमा  करको दर बढाएको हो।

अब अभिकर्ताले आफूले पाउने सेवाशुल्क तथा कमिसनको २० प्रतिशत कर तिर्नुपर्नेछ। हाल अभिकर्ताहरुले १५ प्रतिशत कर तिर्दै आएका छन्। योसँगै अभिकर्तामाथि थप ५ प्रतिशत कर भार बढेको छ।

विधेयकअनुसार आयकर ऐनको दफा ८८ को उपदफा (१) अन्तर्गत रहेको व्यवस्थामा संशोधन गर्दै बीमा अभिकर्ताका लागि छुट्टै कर दर निर्धारण गरिएको हो।

नयाँ व्यवस्थामा ‘बासिन्दा प्राकृतिक व्यक्ति रहेको बीमा अभिकर्तालाई भुक्तानी गरिएको सेवाशुल्क वा कमिसनमा २० प्रतिशतका दरले कर लाग्ने’ उल्लेख गरिएको छ।

prabhu mahalaxmi
kumari