stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब र चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब विनियोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा पेश गर्नु भएको कुल बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा चालु खर्चमा १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात कुल बजेटको ५९ दशमलव ८ प्रतिशत छुट्याएको छ ।

वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ भने विकास निर्माण र पूर्वाधार विस्तारका लागि सरकारले ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात २० दशमलव ३ प्रतिशत पूँजीगत खर्च विनियोजन गरेको छ ।

आन्तरिक तथा बाह्य ऋणको साँवा र ब्याज भुक्तानीका लागि मात्रै ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ अर्थात कुल बजेटको १९ दशमलव ९ प्रतिशत बजेट छुट्याएको अर्थमन्त्री डा. वाग्लेले जानकारी दिनुभयो।

बजेट कार्यान्वयनका लागि सरकारले करिब १४ खर्ब ५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ भने ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदानबाट प्राप्त गर्ने लक्ष्य सरकारको छ । राजश्व र बैदेशिक ऋणबाट मात्र पनि बजेट अपुग हुने देखिएको छ, जुन झण्डै ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ छ ।

बजेट घाटा पुरा गर्न वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाउने योजना सरकारको छ ।।




prabhu mahalaxmi
kumari