stcnepal long ad
ime life insurance
national life
global ime bank long

पाँच वटा सहकारीका ६८८ जना सहकारी पीडितको रकम फिर्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता दिन सुरु गरेसँगै पहिलो चरणमा पाँच वटा सहकारीका ६८८ जना पीडित बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका ३७२ जना र पशुपति सहकारीका सात जना, कृषि विकास बहुउद्देश्यीय सहकारीका ८८ जना र नागरिक कल्याण सहकारी संस्थाका छ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यसचिव रविन ढकालका अनुसार अहिले कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखिएको छ । आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गर्दै सबै बचतकर्तालाई रकम फिर्ता गरिने छ ।

समितिका अनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपियाँ फिर्ता गर्न बाँकी छ । तीमध्ये अधिकांश साना बचतकर्ता छन् ।

सरकारले सहकारीका ऋणीबाट रकम असुलीलाई पनि तीव्र बनाएको जनाएको छ । हालसम्म समस्याग्रस्त सहकारीका ऋणीबाट दुई करोड ५० लाख रुपियाँभन्दा बढी रकम उठाइसकिएको समितिले जनाएको छ ।

IME Lifesidebar
kumari