citizens life insurance long ad
stcnepal long ad

सांग्रिला डेभलपमेन्ट बैंकले १८ करोड ३९ लाख रुपैयाँ नाफा कमाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १८ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा ४६.१८% ले थोरै हो । अघिल्लो वर्ष बैंकले ३४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको वितरण योग्य नाफा ८ करोड ५८ लाख रुपैयाँ छ । बैंकले खुद ब्याज आम्दानी भने ५.८०% ले बढाएर १ अर्ब ५ करोड १३ लाख रुपैयाँ पुर्याएको छ ।

अघिल्लो वर्ष सांग्रिालाले ९९ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४९ करोड रुपैयाँबाट घटेर २६ करोड ३९ लाख रुपैयाँमा आएको छ ।

हाल यसको चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६० करोड २५ लाख रुपैयाँ छ । बैंकको रिटेन्ड अर्निङ शीर्षकमा ८ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

असारसम्म २८ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको सांग्रिलाले २२ अर्ब ९६ करोड कर्जा लगानी गरेको छ । खराब कर्जा अनुपात बढेर १.१३% पुगेको छ ।

अघिल्लो वर्ष खराब कर्जा ०८०% रहेको थियो । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०६ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४१ पैसा छ ।

IME Life
kumari