citizens life insurance long ad

मर्स्याङ्दी बेसी जलविद्युतमा सिटिजन्स बैंकको अगुवाइमा साढे ७ अर्ब ऋण लगानी सम्झौता

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दिव्यज्योति हाइड्रोपावरले निर्माण गरिरहेको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना (५० मेगावाट)को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। उक्त आयोजनाको ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा काठमाडौंको होटल एभरेष्टमा आयोजित कार्यक्रममा कम्पनी तथा ऋण लगानी गर्ने वित्तीय संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन्।

यो आयोजना गण्डकी प्रदेशको लमजुङ जिल्लाका बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका भई बहने मर्स्याङ्दी नदीमा निर्माणाधीन रहेको छ।

आयोजनाको कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेकोमा ७ अर्ब ५० करोड रुपैयाँ सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा सहवित्तीयकरण कर्जा व्यवस्थापन गर्ने गरी ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कुल अनुमानित लागतमध्ये ३ अर्ब ८० करोड रुपैयाँ कम्पनीले स्वपुँजीमार्फत व्यवस्थापन गर्ने छ।

कम्पनीको उक्त आयोजना निर्माण सम्पन्न गर्ने अवधि ४ वर्षको रहे पनि आगामी ३० महिनाभित्रमा काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको छ। आयोजनाबाट उत्पादित बिजुली आयोजनाको विद्युत गृहबाट करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको (१३२ केभी क्षमताको) उदीपुर सबस्टेसनमा लगी राष्ट्रिय ग्रिडमा प्रवाह गरिनेछ।

आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच २०७५ भदौ १० मा सम्पन्न भएको थियो। कम्पनीले ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागबाट २०७४ असोज १ गते उत्पादन अनुमतिपत्र प्राप्त गरेको थियो।

IME Lifesidebar
kumari