stcnepal long ad
ime life insurance
global ime bank long

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ४७ प्रतिशतले घटेको देखिएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बीमा व्यवसायबाट हुने मुख्य आम्दानी भने सुधारिएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ पुगेको छ जबकि गत आवको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब २९ करोड २४ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै कुल बीमाशुल्क आर्जन पनि बढेर २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

prabhu mahalaxmi
kumari