citizens life insurance long ad
stcnepal long ad

२ करोड १४ लाख रुपैयाँ नोक्सानीमा सान्जेन जलविद्युत कम्पनी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी आर्थिक वर्ष २०७६/७७ को असार मसान्त सम्ममा २ करोड १४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष भने कम्पनीले २ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो ।

हाल यस कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

कम्पनीका अनुसार हालसम्म माथिल्लो सान्जेनको ९३५ तथा सान्जेनको ७९५ भौतिक प्रगति भएको छ । चुक्ता पुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोष भने १० करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी ६५ पैसा (वार्षिक ) ऋणात्मक रहेको सान्जेनको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ७६ पैसा छ ।

IME Life
kumari