stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकाले लम्ब्यायो इरानसँगको युद्धविराम,नाकाबन्दी भने जारी राख्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्ब्याएको बताएका छन् । पाकिस्तानको अनुरोधमा इरानसँग युद्धविराम बढाउने बताए पनि ट्रम्मले इरानी बन्दरगाहहरूको नाकाबन्दी भने जारी राख्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले इरानले शान्ति वार्ताको लागि एकीकृत प्रस्ताव नल्याएसम्म युद्धविराम जारी राख्ने बताए ।

‘मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार र सक्षम रहन निर्देशन दिएको छु ।

र, त्यसैले उनीहरूको प्रस्ताव पेश नभएसम्म र छलफलहरू कुनै न कुनै रूपमा समाप्त नभएसम्म युद्धविराम विस्तार गर्नेछु’, ट्रम्मले भनेका छन् ।

prabhu mahalaxmi
kumari