धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्षमा योग्य उम्मेदवार सिफारिसका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
मन्त्रिपरिषदको मंगलबार दिउँसो बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो।
यो समितिको सदस्यहरुमा अर्थसचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल रहेका सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
हिमालयन रिइन्स्योरेन्सको शेयर खरिद बिक्री प्रकरणसँगै सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानमा मुछिएपछि सन्तोषनारायण श्रेष्ठले शुक्रबार पदबाट राजीनामा दिएपछि धितोपत्र बोर्ड अध्यक्षविहीन रहेको छ।

























