stcnepal long ad
global ime bank long

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारण सभा आज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बैशाख ७ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो साधारण सभा घोराही उपमहानगरपालिका १५, दाङमा बिहान ११ बजे शुरु हुनेछ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनश शेयर र सो को कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । साधारण सभाले सो प्रस्ताव पारित गर्नेछ ।

लाभांश प्रस्तावका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत २६ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार चैत २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

IME Lifesidebar
kumari