मेन्छियाम हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले वैशाख २० गते आयोजना गर्न लागेको कम्पनीको विशेष साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न लागेको हो ।
वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ९ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त साधारण सभाबाट शतप्रतिशत हकप्रद निष्कासन गर्ने र उक्त निष्कासनबाट प्राप्त रकमको उपयोगकोे बारेमा निर्णय गर्ने प्रस्ताव पारित गरिनेछ ।























