stcnepal long ad
nabil bank
macchha(MBL)

सार्वजनिक ऋण ९ महिनामा साढे ३ खर्ब थपियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्म ३ खर्ब ४८ अर्ब ऋण उठाएको सरकारले २ खर्ब ९ अर्ब साँवा ब्याज भुक्तानी गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सरकारले चालु आर्थिक वर्षको चैतसम्म ३ खर्ब ४८ अर्ब १५ करोड ऋण उठाएको छ । जसमा आन्तरिक २ खर्ब ८३ अर्ब ६६ करोड र बाह्य ६४ अर्ब ४८ करोड रुपैयाँ ऋण लिएको छ ।

सरकारले आन्तरिक र बाह्य गरी चालु आर्थिक वर्षको साउनमै ४४ अर्ब ६६ करोड ऋण उठाएको थियो । जसमा ४० अर्ब आन्तरिक र ४ अर्ब ६६ करोड बाह्य ऋण रहेको थियो । त्यस्तै भदौमा ३० अर्ब आन्तरिक र ६ अर्ब १८ करोड बाह्य गरी ३६ अर्ब १८ करोड ऋण उठाएको थियो ।

prabhu mahalaxmi
kumari