stcnepal long ad
global ime bank long

पेट्रोलियम बिक्रीमा १५ दिनमा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी घाटा भएको आयल निगमको दाबी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पेट्रोलियम बिक्रीमा १५ दिनमा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी घाटा भएको आयल निगमको दाबी
काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट ठूलो मात्रामा घाटा व्यहोर्नु परेको जनाएको छ। निगमका अनुसार भारतबाट खरिद मूल्यभन्दा कम दरमा बिक्री गर्नुपर्दा समग्र घाटा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

निगमले सार्वजनिक गरेको विवरणअनुसार ३१ मार्चको मूल्य आधारमा पेट्रोल प्रतिलिटर २२१.३२ रुपैयाँ, डिजेल २९४.९९ रुपैयाँ र मट्टीतेल २४३.७० रुपैयाँमा खरिद भइरहेको छ। त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ २५७.९२ रुपैयाँ, बाह्यतर्फ २६३।९ डलर तथा एलपी ग्यास २,३४१.५ रुपैयाँ प्रति युनिटमा खरिद भइरहेको उल्लेख छ।

निगमका अनुसार हालको बिक्री मूल्यसँग तुलना गर्दा पेट्रोलमा प्रतिलिटर २.३२ रुपैयाँ, डिजेलमा ८७.९९ रुपैयाँ र मट्टीतेलमा ३६.७० रुपैयाँ घाटा देखिएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ ०.९२ डलर, बाह्यतर्फ ६.५२ डलर र एलपी ग्यासमा ३३१.२५ रुपैयाँ प्रतियुनिट घाटा रहेको विवरणमा उल्लेख छ।

पछिल्लो १५ दिनको अवधिमा पेट्रोलमा ७ करोड ६८ लाख रुपैयाँ, डिजेलमा ७ अर्ब २३ करोड ९३ लाख रुपैयाँ र मट्टीतेलमा ३ करोड १७ लाख रुपैयाँ घाटा भएको निगमले जनाएको छ। त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ २४ लाख रुपैयाँ, बाह्यतर्फ ३ करोड ८४ लाख रुपैयाँ तथा एलपी ग्यासमा ५० करोड ४३ लाख रुपैयाँ घाटा भएको विवरण सार्वजनिक गरिएको छ।

समग्रमा १५ दिनको अवधिमा कुल घाटा ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ पुगेको निगमले जनाएको छ। निगमले अन्तर्राष्ट्रिय बजार मूल्य र बिक्री मूल्यबीचको अन्तरका कारण यस्तो अवस्था देखिएको उल्लेख गरेको छ।

IME Lifesidebar
kumari