एफएनसिसिआईको एशोसिएटस उपाध्यक्षमा ज्योत्सना श्रेष्ठको उम्मेदवारी
श्रेष्ठलाई चन्द्र प्रसाद ढकाल र हेमराज ढकाल समूहको समर्थन !
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को आगामी ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि एशोसिएट्स तर्फबाट उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठ र उनको समुहले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको छ।
श्रेष्ठको नेतृत्वमा १६ जना कार्यकारिणी सदस्य उम्मेदवारहरूले टेकुस्थित महासंघको केन्द्रीय कार्यालय पुगी मनोनयन पत्र दर्ता गराएका छन्।
यो समूहलाई महासंघका वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकाल र आगामी वरिष्ठ उपाध्यक्षका प्रवल दाबेदार हेमराज ढकाल समूहको बलियो समर्थन रहेको बताइएको छ। त्यस्तै काठमाडौंका नेवार र माडवारी व्यवसायिक घरनाहरू सहित देसैभरिका उद्यमी व्यवसायीहरूको समर्थन रहेको देखिन्छ।
उम्मेदवारी दर्तापछि एशोसिएट उपाध्यक्ष उम्मेदवार रहेकी श्रेष्ठले आफ्नो समुह ‘ क्षमतावान,सक्षम,कुशल,अनुभवी र समावेशी’ रहेको दाबी गरेकी छिन। उनले भनिन्,‘हामीले साना देखि ठूला सबै क्षेत्रका उद्योगी व्यवसायीहरूलाई समेटेर एउटा सशक्त समुह बनाएका छौं। हाम्रो समुहको जित सुनिश्चित छ।’ महासंघमा हेमराज ढकाल र अन्जन श्रेष्ठको दुई समुह नेतृत्वका लागि प्रतिस्पर्धाको मैदानमा आएका छन।
ज्योत्सना श्रेष्ठ समुहका सदस्यहरू
एशोसिएट्सतर्फ कुल १९ कार्यकारिणी सदस्य पदका लागि ज्योत्सना श्रेष्ठको समूहबाट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी दिएकी छिन। एशोसिएटस सदस्यमा उनको उम्मेदवारी बलियो रहेको छ।
यस्तै एशोसिएटसबाट कार्यकारिणी सदस्य उम्मेदवारहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा बले, भरत रानाभाट, देशबन्दु बस्नेत ९अजित०, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमल्सिना, शोभा ज्ञवाली, सन्दिप अग्रवाल, शैलेन्द्र गुरागाई, सुनिल नारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र काभ्रेका चन्द्र ढकाल रहेका छन् ।
महासंघको निर्वाचन आगामी चैत २९ गते वार्षिक साधारण सभा ग्वार्खु ललितपुरमा र ३० गते नेपाल प्रज्ञा भवन काठमाडौंमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ।
यस निर्वाचनले महासंघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महासंघ निर्वाचनको मिति नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि विभिन्न समूहहरूले आफ्नो प्यानल घोषणा गर्ने र लबिइङ गर्ने क्रमलाई तीव्र पारेका छन।


























