stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उपभोक्ता हितविपरीत क्रियाकलापमा संलग्न १५ फर्ममाथि कारवाही

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण सम्बन्धी प्रचलित कानुनको उल्लंघन गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ वटा व्यावसायिक संस्थामाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

विभागका अनुसार अनुगमनका क्रममा विभिन्न प्रकारका अनियमितता फेला परेपछि तीन फर्मलाई नगद जरिवाना गरिएको छ भने अन्य १२ फर्मलाई सुधारका लागि निर्देशन जारी गरिएको छ।

ललितपुर महानगरपालिका-२२, बुंङमतीस्थित सुवा ग्रोसरीमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका रसायनयुक्त वस्तु बिक्री गरिएको पुष्टि भएपछि उक्त फर्मलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

त्यस्तै, ललितपुर महानगरपालिका-१८, मगर गाउँस्थित प्रमिसा खाद्यान्न स्टोरले वस्तुको वास्तविक मूल्यभन्दा बढी मूल्य असुल गरेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

यसैगरी, सूर्यविनायक नगरपालिका-६, पाण्डुबजारमा रहेको ए जे सप्लायर्सले वस्तुको गुणस्तर, परिमाण तथा मूल्यसम्बन्धी विवरणमा उपभोक्तालाई भ्रममा पार्ने कार्य गरेको भेटिएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ।

विभागले सामान्य प्रकृतिका त्रुटि देखिएका अन्य १२ फर्मलाई भने सचेत गराउँदै तत्काल सुधार गर्न निर्देशन दिएको छ।

prabhu mahalaxmi
kumari